मैले गर्ने राजनीति।
मेरो घर सधै राजनीतिक मय हुन्थियो मेरो बुवा आमा राजनीति मा भएको हुनाले हरेकदिन अनेक मान्छे आउथे र मेरो घर को वातावरणले मेरो पनि राजनीतिक चरित्र को निर्माण गरिरहेयो।
मेरो यस चरित्र निर्माण को मुख्य ढलान २०७१ शाल मा मेरो बुवा को देहावसानले गर्यो जब मेरो बुवा को मलामी मा १० हजार भन्दा बढी मान्छे आए र त्यो पार्टीले गरेर वा कुनै स्वर्थले गरेर आएका थिएनन् त्यो एउटा सच्चा नेता को सम्मान मा आफ्नो अन्तिम सत्कार दिन आएका थिए। तेही भिडले मेरो राजनीति मा पूर्ण रुप मा प्रवेश गर्न प्रेरित गर्यो र त्यो भिडको हितको लागी केहि गरु जस्तो लाग्यो।
मेरो राजनीतिको ज्ञान मेरो आफ्नै मात्र नभएर मेरो बुवा आमाले राजनीति मा पाएको सफलता र विफलताले तयार गरेको अनुभव हो जुन अनुभव मेरो किताब भयो र मेरो आफ्नै स्वो बुझाइले मेरो राजनीति को प्रति आफ्नो स्वोतन्त्र धारणा बन्न गयो, म मेरो बुवा आमा जति माहान नेता त होइन तर उहाहरु जति इमान्दार चै अवस्य हु मलाई आफुले पाएको संस्कार मा तेती बिश्वास चै छ, र यहि ज्ञान को सहाराले म मेरो बुवा आमा भन्दा सफल नेता बन्न सक्छु भन्ने मेरो बिस्वास छ जुन मेरो तर्फा बाट मेरो बुवा आमालाई गुरु दछिणा हुने छ र गुरु को लागि आफ्नो शिक्षले आफ्नो ज्ञान को प्रयोग गरेर सफलता प्रप्ता गर्नुनै सबैभन्दा ठुलो दछिणा हुन्छ।
कसरी गर्ने होत मैले राजनीति र केहो मेरोलागी राजनीति , नेता को राजनीति जनहित भने राजनीतिज्ञको राजनीति शक्तिहित र माफियाको लागि राजनीति केवल स्वार्थ पूर्ति गर्ने माध्यम। अहिले नेपाल मा राज्य नत नेता नत राजनीतिज्ञले गरि रहेको छ, यहाँ केवल स्वार्थ पूर्ति गर्न आएका माफिया छन् , अहिले को सत्ता पक्ष र बिपक्षिलाई नत जनहित संग मतलब छ नत शक्ति संग्रक्षण संग।
मेरो शिक्षाले मलाई नेता बनायो भने मेरो अनुभव र यथार्थले मलाई राजनीतिज्ञ, कोहि पनि बेक्ती केवल नेता वा राजनीतिज्ञ बनेर देश को जनता को भलो गर्न सक्दैन, मान्छे भाग्यमानि भयो भने १०० वर्ष सम्म बाच्छ तर देश अभागी भएपनि १००यौ वर्ष भन्दा बढी बाच्छ तेसैले राजनीतिक निर्णय लिदा मलाई के मनपर्छ भन्दा पनि लामो समय मा मेरो तथा हाम्रो निर्णयले यो देश र यसको जनलाई कसरि सम्पन्न राख्न सकिन्छ त्यो ध्यान राख्नु पर्छ। सम्पनता केवल धनको मात्र भएर हुदैन एउटा देश र समाज संस्कृति तथा चरित्र निर्माण मा पनि सम्पन्न हुनुपर्छ।
म
यदि प्रधानमत्री हुन सफल भए भने कुनैदिन म पक्का पनि आफ्नो सिद्धान्त मा
अडिग रहिरहन सक्छु भन्ने पूर्ण बिश्वास छ र म अमेरिका जस्तो प्रगीतीशिल
देश बनाउन नसके पनि यति चै बिश्वास छ कि म आफ्नो जनतालाई जाहा गए पनि आफु
नेपाली हुँ भन्ने कुरा मा गर्व गर्ने बनाउन सक्छु , मा यति ढुक्क भएर भन्न
सक्छु कि कोहि युवाले मैले यति मेहेनत कसको लागि गरे भन्ने भावना नआउने
बनाउन सक्छु र म यति त अवस्य गर्न सक्छु कि हाम्रो देशले कैले फेरी कसै
अघि हात फैलाउनु नपरोश कुनै शक्तिसाली छिमेकी देशले आफ्नो सिमाना बन्द गरे
पछि नेपाली जनता को कहाली नहोश र यति त अवस्यनै गर्न सक्छु कि जब संग
चन्द्र सुर्य रही रहन्छ तब सम्म हाम्रो देश रही रहोश। धन्यवाद, जय
नेपाल।
Comments
Post a Comment