नेपाली राजनीति

 नेपाली राजनीति प्रति बढ्दै गएको घृणा तथा राजनीति रुपी माफिया सांसद को खुला चुनौती अब सबै नेपालीले अनुभूति गरि सके, तर मेरा नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु अझै पनि आफ्नो किबोर्ड मा बसी 'मुतको न्यानो' मा रमाई रहेका छन्।  हरेक दिन बृद्ध बाउ को काध भारिदै छ भने बृद्ध आमा को काख रित्तिदै, सन्तान टुहुरा बन्दै छन् भने स्वास्नी बिधुवा र स्वोयम युवा युवती ले आफ्नो योवन , तेही पनि हाम्रो "बिर नेपाली " अझै सहि रहेकै छन् साचिकै बुद्ध कै देश रहेछ हाम्रो नेपाल बुद्ध को सिद्धान्त मा चलिरहेको रहेछौ। 
 

प्रजातन्त्र को कुनै अर्खो उपाय हुन सक्दैन प्रजातन्त्र संसार को सबै भन्दा उत्तम तन्त्र हो जसमा समाज निरिह बनेर एउटा मान्छे वा नायक को प्रतीक्षामा आफ्नो जीवन बिताउन बाध्य हुदैन उ स्वोयम प्रजा र निर्णायक हुन्छ, तर जुन देश को जनतालाइ प्रजातन्त्र को महत्व थाह हुन्न त्यो देश को लागी प्रजातन्त्र को रुप बदलिएर माफियातन्त्र बन्न पुग्छ जस्तो अहिले नेपाल मा भैरहेको छ।
 

यो लेख म धेरै लेक्दिन लेख्ने कुरा लेखे अब पनि बिध्रोमा नउत्रिने हो भने अब कुनै ४ सहिद आउने छैनन् युवा छैनन्, बृद्ध आफ्नो सरिर आफै समाल्न सक्ने छैनन्। जय नेपाल।  

Comments

Popular posts from this blog

मैले गर्ने राजनीति।