Posts

Showing posts from October, 2024

मैले गर्ने राजनीति।

Image
 म १७ को हुदासम्म मलाई राजनीति संग कुनै मतलब थिएन तथापी सबैजना जस्तै भिड को पछि लागेर आन्दोलन र नेपाली काँग्रेस को कार्यक्रममा म सधै सहभागिता जनाई राख्थे केवल दर्सक को रुप मा नकि कार्यकर्ता को रुपमा।   मेरो घर सधै राजनीतिक मय हुन्थियो मेरो बुवा आमा राजनीति मा भएको हुनाले हरेकदिन अनेक मान्छे आउथे र मेरो घर को वातावरणले मेरो पनि राजनीतिक चरित्र को निर्माण गरिरहेयो। मेरो यस चरित्र निर्माण को मुख्य ढलान २०७१ शाल मा  मेरो बुवा को देहावसानले गर्यो जब मेरो बुवा को मलामी मा १० हजार भन्दा बढी मान्छे आए र त्यो पार्टीले गरेर वा कुनै स्वर्थले गरेर आएका थिएनन् त्यो एउटा सच्चा नेता को सम्मान मा आफ्नो अन्तिम सत्कार दिन आएका थिए।  तेही भिडले मेरो राजनीति मा पूर्ण रुप मा प्रवेश गर्न प्रेरित गर्यो र त्यो भिडको हितको लागी केहि गरु जस्तो लाग्यो।  मेरो राजनीतिको ज्ञान  मेरो आफ्नै मात्र नभएर मेरो बुवा आमाले राजनीति मा पाएको सफलता र विफलताले तयार गरेको अनुभव हो जुन अनुभव मेरो किताब भयो र मेरो आफ्नै स्वो बुझाइले मेरो राजनीति को प्रति आफ्नो स्वोतन्त्र धारणा बन्न गयो, म मेरो बुवा आमा जति माहान नेता त होइन तर उह

नेपाली राजनीति

 नेपाली राजनीति प्रति बढ्दै गएको घृणा तथा राजनीति रुपी माफिया सांसद को खुला चुनौती अब सबै नेपालीले अनुभूति गरि सके, तर मेरा नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु अझै पनि आफ्नो किबोर्ड मा बसी 'मुतको न्यानो' मा रमाई रहेका छन्।  हरेक दिन बृद्ध बाउ को काध भारिदै छ भने बृद्ध आमा को काख रित्तिदै, सन्तान टुहुरा बन्दै छन् भने स्वास्नी बिधुवा र स्वोयम युवा युवती ले आफ्नो योवन , तेही पनि हाम्रो "बिर नेपाली " अझै सहि रहेकै छन् साचिकै बुद्ध कै देश रहेछ हाम्रो नेपाल बुद्ध को सिद्धान्त मा चलिरहेको रहेछौ।    प्रजातन्त्र को कुनै अर्खो उपाय हुन सक्दैन प्रजातन्त्र संसार को सबै भन्दा उत्तम तन्त्र हो जसमा समाज निरिह बनेर एउटा मान्छे वा नायक को प्रतीक्षामा आफ्नो जीवन बिताउन बाध्य हुदैन उ स्वोयम प्रजा र निर्णायक हुन्छ, तर जुन देश को जनतालाइ प्रजातन्त्र को महत्व थाह हुन्न त्यो देश को लागी प्रजातन्त्र को रुप बदलिएर माफियातन्त्र बन्न पुग्छ जस्तो अहिले नेपाल मा भैरहेको छ।   यो लेख म धेरै लेक्दिन लेख्ने कुरा लेखे अब पनि बिध्रोमा नउत्रिने हो भने अब कुनै ४ सहिद आउने छैनन् युवा छैनन्, बृद्ध आफ्नो सरिर